
सिलगढ़ी, 10 जनवरी (हि.स)। एक हृदयविदारक सड़क दुर्घटनाले सिलगढ़ीको वार्ड नम्बर-1 स्थित राजेन्द्र नगर क्षेत्रलाई शोकमा डुबाएको छ। यहाँ एकजना नाबालिकको डम्परको चपेटमा परी पीड़ादायी मृत्यु भएको छ। मृतकको नाम उदित झा (13) हो। उदितका काका बिपिन झाले बताए, शनिवार अपरान्ह उदित साइकल लिएर घरबाट निक्लेको थियो। यसै अवधि एउटा डम्परले उसलाई ठक्कर दियो। पुलिसबाट सूचना पाएर परिवारका मानिसहरू तुरून्तै अस्पतालमा पुगे जहाँ घाइते उदितलाई मृत घोषित गरिदिए।
जानकारी मुताविक देशबन्धु हिन्दी हाई स्कूलको छैटौं कक्षाका छात्र उदित पढ़ाईसँगसँगै खेलकूदमा पनि दक्ष थियो। स्कूल तथा क्षेत्रका केही प्रतियोगिताहरूमा भाग लिएर उसले धेरै पटक प्रथम पुरस्कार हासिल गरेको थियो।
अर्कोतिर उदितलाई ठक्कर दिएको डम्परलाई पुलिसले जफत गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गर्नको साथै आवश्यक कानूनी कारबाही गर्ने आश्वासन पनि दिएको छ। यस पीड़ादायी घटनापछि राजेन्द्र नगर क्षेत्रमा शोक व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा