
गान्तोक, 10 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा भारतको उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग भेट गरेर नयॉं वर्षको शुभकामना दिएका छन्। उक्त जानकारी मुख्यमन्त्री कार्यालयले आज दिएको हो।
हाल राष्ट्रिय राजधानीको भ्रमणमा रहेका मुख्यमन्त्री तामाङले आज देशका उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग भेट गरे। यस भेटका क्रममा उनले सिक्किमका जनताको तर्फबाट उपराष्ट्रपतिलाई नयॉं वर्ष तथा सुस्वास्थ्य एवं निरन्तर कल्याणको लागि शुभकामना व्यक्त गरे।
मुख्यमन्त्री र उपराष्ट्रपतिबीच सौहार्दपूर्ण कुराकानी भएको र मुख्यमन्त्री तामाङले उपराष्ट्रपतिलाई निकट भविष्यमा सिक्किम राज्यको भ्रमणको निमन्त्रणा पनि दिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल