तीनधारेमा अण्डर 15 फुटबल टुर्नामेन्ट हुने
तीनधारेमा अण्डर 15 फुटबल टुर्नामेन्ट हुने


खरसाङ, 10 जनवरी (हि.स.)। वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको आयोजनामा तीनधारेको मिठाइडाँडास्थित खेल मैदानमा उक्त अण्डर 15 फुटबल टुर्नामेन्ट हुने भएको छ। उक्त फुटबल टुर्नामेन्ट आगामी 14 जनवरीदेखि शुरु हुने बताइएको छ।

वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको तर्फबाट फुटबल टुर्नामेन्टका सचिव एवं पूर्व फुटबल खेलाडी धर्मराज जानकारी गराए अनुसार, यस अण्डर 15 फुटबल टुर्नामेन्टमा जम्मा 20 वटा टिमहरुले भाग लिइरहेका‌ छन्। यस टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन सम्पन्न हुनेछ।

यस टुर्नामेन्ट आयोजना गरिनुको मुख्य उद्देश्य अण्डर 15 का युवा खेलाडीहरुलाई मञ्च प्रदान गर्नु रहेको धर्मराज थापाले बताएका छन्। उनले 15 वर्षमाथिका खेलाडीहरुले विभिन्न फुटबल टुर्नामेन्टहरुमा खेल्न पाइरहेको र 15 वर्ष मुनिका खेलाडीहरुलाई पनि फुटबलमा मञ्च प्रदान गर्ने उद्देश्यका साथमा यो टुर्नामेन्ट आयोजना गरिएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande