तारकेश्वरमा हतियार अनि कारतूससितै उपद्रवीलाई समातियो
तारकेश्वरमा हतियार अनि कारतूससितै उपद्रवीलाई समातियो


हुगली, 10 जनवरी (हि.स.)। हुगली जिल्लाको तारकेश्वर थानाको पुलिसले गए शुक्रवार राति आग्नेयास्त्र एवं कारतूससितै एक जना उपद्रवीलाई पक्राउ गरेको छ। उपद्रवीका अन्य साथीहरूको खोजीमा पुलिसले लगातार छापा मारिरहेको छ।

जानकारी मुताविक गत बिहीवार तारकेश्वरको चापाडांगा क्षेत्रमा तीन जना उपद्रवीहरूले एउटा चियाको दोकानमा पसेर दोकानदारलाई धम्काउँदै पैसा असुलेका थिए। त्यसपछि आरोप छ, ती उपद्रवीहरूले एक जना ट्रक चालकलाई पिस्तोल देखाएर उबाट पनि केही हजार रुपियाँ लुटे। यी दुवै घटनालाई लिएर शुक्रवार तारकेश्वर थानामा सिकायत दर्ता गरिएको थियो।

सो सिकायतको आधारमा तारकेश्वर थानाको पुलिसले जाँच शुरू गऱ्यो। जाँचको क्रममा शुक्रवार राति अस्तारा चड़कतला क्षेत्रबाट अतनु माइती नामक युवकलाई पक्राउ गऱ्यो साथै उक्त युवकबाट एउटा सात एमएमको पिस्तोल र दुई राउण्ड कारतूस जफत गऱ्यो।

पुलिस अनुसार आरोपी अतनु माइती विरूद्ध चोरी, डकेटी समेत केही आपराधिक मामिला पहिलाबाटै दर्ता छ र उसलाई यसअघि पनि पक्राउ गरिएको थियो। उसको घर तारकेश्वरको नाइटा मालपहाड़पुर ग्राम पञ्चायतको रानाबाँध क्षेत्रमा छ।

पुलिसले आरोपीलाई शनिवार पुलिस हिरासतको मागसितै चन्दन नगर महकुमा अदालतमा पेश गऱ्यो। यस मामिलामा हुगली ग्रामीण पुलिसका डीएसपी (मुख्यालय) सब्यसाची घोषले बताए, “आग्नेयास्त्र देखाएर लुटेको सिकायत प्राप्त भएको थियो। जाँचमा एक जना आरोपीलाई पक्राउ गरिएको छ भने अन्यको खोजी जारी छ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande