नन्दीग्राममा अभिषेकको ‘सेवाश्रय’ स्वास्थ्य शिविर शुरू, शहीद परिवारले गर्नेछन् उद्घाटन
नन्दीग्राममा अभिषेकको ‘सेवाश्रय’ स्वास्थ्य शिविर शुरू, शहीद परिवारले गर्नेछन् उद्घाटन


पूर्व मेदिनीपुर, 14 जनवरी (हि.स.)। डायमण्ड हार्बर पश्चात अब नन्दीग्राममा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीको पहलमा ‘सेवाश्रय स्वास्थ्य शिविर’ शुरु हुन गइरहेको छ। पहिलो चरण अन्तर्गत बिहीवारदेखि नन्दीग्राम विधानसभा क्षेत्रका दुई वटा ब्लकमा दुई वटा मोडल स्वास्थ्य शिविर आयोजना गरिनेछ। नन्दीग्राम भूमि रक्षा आन्दोलनमा भएको गोलीबारीमा शहीद भएका शहीदहरूका परिवारले यी शिविरहरूको उद्घाटन गर्नेछन्। तृणमूल सूत्रानुसार अभिषेक ब्यनर्जीले अपरान्हमा दुवै शिविरको निरीक्षण गर्नेछन्।

यो सेवाश्रय स्वास्थ्य शिविर 15 जनवरीदेखि 30 जनवरीसम्म आयोजना हुनेछ। एउटा मोडल क्याम्प नन्दीग्राम बाइपास संलग्न क्षेत्रमा अनि दोस्रो खोड़ामबाड़ी क्षेत्रमा आयोजना गरिनेछ। डायमण्ड हार्बर लोकसभा क्षेत्रमा जुन किसिमको सेवाश्रम मोडल क्याम्प आयोजना गरिएको थियो, त्यस्तै क्याम्प नन्दीग्राममा पनि आयोजना गरिनेछ। उल्लेख्य, वर्तमानमा डायमण्ड हार्बरमा सेवाश्रय–दुई वटा स्वास्थ्य शिविरहरू सचालन भइरहेको छ।

नन्दीग्रामका मानिसहरू तथा स्थानीय तृणमूल नेता-कार्यकर्ताहरूले विगत लामो समयदेखिक माग गर्दै आइरहेका थिए, यहाँ पनि डायमण्ड हार्बरको जस्तै व्यापक स्वास्थ्य शिविर आयोजना गर्नुपर्छ। यस अनुरोधलाई स्वीकार गर्दै अभिषेक ब्यनर्जीले नन्दीग्राम विधानसभा क्षेत्रमा सेवाश्रय शिविर आयोजना गर्ने पहल गरेका हुन्। समयको अभावमा हाल दुई वटा मोडल क्याम्प आयोजना गरिंँदैछ, तर यसमै ती सबै स्वास्थ्य सेवाहरू उपलब्ध रहनेछ जुन डायमण्ड हार्बरको सेवाश्रय शिविरहरूमा दिइन्छ। एउटा मोडल क्याम्पको जिम्मेवारी तृणमूल नेता ऋजु दत्तलाई सुम्पिइएको छ भने दोस्रोको जिम्मेवारी कोलकाता नगर निगमका तृणमूल पार्षद सुशान्त घोषलाई दिइएको छ।

ऋजु दत्तले बताए, मोडल क्याम्पमा आईसीयूको सुविधासँगसँगै यूएसजी, ईसीजी, एक्स-रे, रक्त जाँच समेत विभिन्न परीक्षणहरूको व्यवस्था रहनेछ। आवश्यकता परे सीटी स्क्यानको समेत सुविधा उपलब्ध गराइनेछ। साथै रेफरल सिस्टम पनि लागू रहनेछ। प्रत्येक क्यामम्पमा न्यूनतम दशजना विशेषज्ञ चिकित्सकहरू उपस्थित रहनेछन्। पहिलो सात दिनपछि फलोअप उपचारको लागि दुवै क्याम्पमा भिन्न-भिन्नै रिभ्यू बूथ पनि खोलिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande