
नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बुधवार देशवासीहरूलाई मकर संक्रान्ति, पोंगल, उत्तरायणी र माघ बिहूको शुभकामना दिए। उनले यी पर्वहरूलाई एकता, समृद्धि औ खुशियालीको प्रतीक बताए।
केजरीवालले एक्स पोस्टमा भने, मकर संक्रान्ति, पोंगल तथा उत्तरायणीको यस पावन अवसरमा सबै देशवासीहरूलाई धेरै-धेरै शुभकामना। यी पर्वहरूले सबैको जीवनमा सुख-समृद्धि एवं सौभाग्य लिएर आउन्।
केजरीवालले असमका मानिसहरूलाई माघ बिहूको बधाई दिँदै भने, यस अवसरमा असमका आफ्ना सबै दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हार्दिक बधाई अनि शुभकामा दिन्छु। यो पवित्र तिहारले सबैको जीवनमा सुख, शान्ति र समृद्धि लिएर आओस्।
उनले गुजरातवासीहरूलाई उत्तरायण एवं मकर संक्रान्तिको शुभकामना दिँदै भने, सूर्यको उत्तरायणको यो यात्रा सबको लागि स्वास्थ्य एवं समृद्धिको उत्सव बनोस्, यही उनको हार्दिक कामना छ।
उल्लेखनीय छ, बिहूमा मानिसहरू बिहान चाँड़ै स्नान गर्दछन् अनि पारम्परिक असमिया खेल खेल्दछन्। यस अवसरमा मानिसहरू पारम्परिक असमिया भोजन तथा मिठाईहरू खान्छन्- खुवाउँछन्। यस तिहारलाई तमिलनाडुमा पोंगल, पञ्जाबमा लोहड़ी औ भारतका उत्तरी भागहरूमा मकर संक्रान्ति कहलाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा