
गुवाहाटी, 14 जनवरी (हि.स.)। गुवाहाटीको वशिष्ठ थाना क्षेत्रमा जोराबाट पुलिस आउटपोस्टको टीमले ड्रग्स समेत तीनजना तस्करहरूलाई पक्राउ गरेको छ।
पुलिसले बुधवार बतायो, गुप्त सूचनाको आधारमा जोराबाट पुलिस आउटपोस्ट निकट नाका चेकिंग अवधि एउटा अटो रिक्शा (एएस-01जेसी-7527)-लाई रोकेर जाँच गरियो जसमा अटो रिक्शाभित्रबाट पाँच वटा साबुनदानीमा लुकाएर राखिएको 60 ग्राम हेरोइनलाई जफत गरियो।
यस मामिलामा तीनजना तस्करहरूलाई पक्राउ गरिएको छ जसको पहिचान सकिबुल इस्लाम (31, बरपेटा), नजरुल इस्लाम (41, मोरीगाउँ) औ मनोज सिंह (32, सोनपुर)- को रूपमा गरिएको छ। यी आरोपीहरूबाट हेरोइनसितै नगद राशि 1,970 रुपियाँ र तीन वटा मोबाइल फोन जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत एक प्राथमिकी दर्ता गरी तीनै तस्करहरूसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा