दाँतनमा बेपत्ता महिलाको शव तलाउमा भेटियो
दाँतनमा बेपत्ता महिलाको शव तलाउमा भेटियो


पश्चिम मेदिनीपुर, 14 जनवरी (हि.स.)। दाँतन थाना क्षेत्रमा एकजना बेपत्ता बुहारीको शवलाई मकर संक्रान्तिको बिहान तलाउबाट उद्धार गरियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष फैलिएको छ। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ।

मृतकाको पहिचान आंगुआ ग्राम पञ्चायत अन्तर्गत मालपाड़ा गाउं निवासी गोपा घोषको रूपामा भएको छ जो गत शुक्रवारदेखि नै बेपत्ता भएकी थिइन्। आइतवार बिहान हासिमपुर क्षेत्रको एउटा तलाउ किनारमा तिनको जुत्ता र टर्च भेटिएपछि मामिला रहस्यमय भएको थियो। त्यसपछि आइतवार, सोमवार र मंगलवारसम्म सिभिल डिफेन्सको टीमले तलाउमा लगातार खोजी अभियान संचालन गऱ्यो, तर शव भेटिएन।

सोमवारको खोजीमा तलाउमा एउटा च्यादर भेटिएको थियो जसमा केही ईँटाहरू बाँधिएका थिए। यसबाट पुलिसलाई कुनै षड़्यन्त्र रहेको शंका लाग्यो। अन्ततः बुधवार बिहान सोही तलाउमा महिलाको शव पानीको सतहमा तैरिरहेको अवस्थामा भेटियो।

पारिवारिक सूत्र अनुसार लगभग 6 वर्षपूर्व गोप घोषको विवाह मालपाड़ा गाउँको मिलन घोषसित प्रेम विवाह भएको थियो। दम्पत्तिको एकना पाँच वर्षीय छोरा पनि छ। मृतकाका पिता गोलोक घोषले आरोप लगाएका छन्, उनकी छोरीको हत्या गरिएको हो। उनले बताए, पछिल्लो समयदेखिकै ससुरालीमा पारिवारिक कलह भइरहेको थियो।

घटनापछि मृतकाको पति मिलन घोष भागेको बताइएको छ। पुलिसले जाँचबुझको लागि मृतकाको ससुरा र सासुलाई हिरासतमा लिएको छ। उनीहरूसित निरन्तर जाँचबुझ गरिँदैछ।

स्थानीयहरूको भनाइ छ, यो एउटा दुर्घटना मात्र होइन, हत्याको मामिला हुनसक्छ। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको सही कारणको खुलासा हुनेछ। हाल सम्पूर्ण मामिलाको जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande