
नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, दिल्लीका युवाहरू अब नोकरी खोज्ने मात्र नभएर विकसित भारतलाई दिशा दिने नेतृत्व बनिरहेका छन्। यही युवाशक्ति विकसित दिल्ली तथा विकसित भारतको असली आधार हो। मुख्यमन्त्रीले यहाँको डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा बुधवार आयोजित दिल्ली स्टार्टअप युवा महोत्सवमा युवा इनोभेटर्स, क्रिएटर्स औ इनभेस्टर्ससित सम्वाद गर्दै भनिन्, आज भारत दुनियाँको तेस्रो सबैभन्दा ठूलो स्टार्टअप इकोसिस्टम हो। यो कुनै चमत्कार होइन, जबकि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नीति, मजबुत राजनीतिक इच्छाशक्ति औ युवाहरूको इनोभेशनबाट भएको ऐतिहासिक परिवर्तन हो। यस अवसरमा केन्द्रिय शिक्षा राज्यमन्त्री जयन्त चौधरी र क्याबिनेट सहयोगी आशिष सूद पनि उपस्थित थिए।
मुख्यमन्त्रीले भनिन्, दिल्लीलाई स्टार्टअप क्यापिटल बनाउनको लागि हामीले मिशन मोडमा काम गरिरहेका छौँ ताकि हर युवा इनोभेटरलाई आइडियादेखि स्टार्टअप तथा स्टार्टअपदेखि आत्मनिर्भर बन्दासम्ममा अगाड़ि बढ़्ने सशक्त मञ्च प्राप्त हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा