कोरियाली भिक्षुहरूले लौरियाको नन्दनगढ़ स्तूपमा गरे पूजा, भने— विश्वमा यस्तो दोस्रो कुनै बौद्धस्थल छैन
कोरियाली भिक्षुहरूले लौरियाको नन्दनगढ़ स्तूपमा गरे पूजा, भने— विश्वमा यस्तो दोस्रो कुनै बौद्धस्थल छैन


बेतिया, 14 जनवरी (हि.स.)। पश्चिम चम्पारणको ऐतिहासिक नन्दनगढ़ बौद्ध स्तूपमा बुधवार साउथ कोरियाबाट आएका बौद्ध भिक्षुहरूको दलले विशेष पूजा-अर्चना गरे। यस अवधि भिक्षुहरूले .यस स्थललाई विश्वको एक अत्यन्त महत्वपूर्ण आध्यात्मिक केन्द्र बताउँदै भने, यहाँ भगवान बुद्धको पवित्र अवशेष सुरक्षित छ जसले यसलाई सारा दुनियाँमा अद्वितीय बनाउँछ।

कोरियाको प्रसिद्ध बोन मन्दिरको मन्क हम हांगेजिउनले सिल्क टूर इण्डियाको द्विभाषीय गाइड सत्येन्द्र कुमार सिंहको माध्यमबाट भने, लौरियाको यो स्तूपले उनीहरूलाई गहिरो आध्यात्मिक भावले भरिदिन्छ। अर्का धर्मगुरू माईइयोनगजाले यसलाई एक अद्भुत तथा दिव्य स्थल बताउँदै भने, यहाँ आएर उनीहरूलाई अत्यन्त शान्ति तथा ऊर्जाको अनुभूति भयो। भिक्षुहरूले नन्दनगढ़ स्तूपमा बुद्धको प्रतिमा स्थापित गरेर आफ्नो धर्मानुसार परिक्रमा गरे अनि घण्टौंसम्म मन्त्रोच्चारणको साथमा पूजा गरे।

भिक्षुहरूले अशोक स्तम्भको पनि दर्शन गरेर त्यहाँ अगरबत्ती बालेर ध्यान साधना गरे। उनीहरूले भने, उनीहरू आफ्नो देश फर्केर कोरियाका मानिसहरूलाई यस पवित्र स्थलको बारेमा बताउनेछन् अनि आगामी दिनमा सयकड़ौं बौद्ध श्रद्धालुहरूको साथमा यहाँ आउनेछन्। यसलाई उनीहरूले आफ्नो जीवनको सौभाग्यपूर्ण क्षण बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande