चोरीको मामिलामा सामेल एक चोर पक्राउ
चोरीको मामिलामा सामेल एक चोर पक्राउ


गुवाहाटी, 13 मार्च (हि.स.)। गुवाहाटीको फटासील आमबाड़ी पुलिसले चोरीको मामिलामा सामेल एक कुख्यात चोरलाई पक्राउ गरेको छ।

पुलिसले जानकारी गराएको छ, फटासील आमबाड़ी पुलिस स्टेशनको डब्ल्यूजीपीडी टीमले मिलन नगर निवासीद्वारा दर्ता गराइएको चोरीको मामिलाको खुलासा गरेको छ। यस मामिलामा मुख्य आरोपी काटाबारी निवासी मैदुल खानलाई पक्राउ गरिएको छ।

कारबाहीको क्रममा पुलिसेल पक्रा परेको अभियुक्तदेखि चोरीमा प्रयोग गरिने रड कटर, ग्यास सिलेन्डर, एक्साइड ब्याट्री, तामाको तार र तीन वटा चाँदीका भाँड़ाकुँड़ा जफत गरेको छ।

सोधपुछमा चोरले पीड़ितको अनुपस्थितिमा उनको घरमा पसेर घरेलू समानहरू चोरेको खुलासा भएको छ। यस सम्बन्धमा दर्ता गरिएको एफआईआरको आधारमा पुलिसले कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande