भाजपालाई ठूलो झट्का, जिल्लाध्यक्ष स्वरूप चौधरीले दिए राजीनामा
भाजपालाई ठूलो झट्का, जिल्लाध्यक्ष स्वरूप चौधरीले दिए राजीनामा


दक्षिण दिनाजपुर, 13 मार्च (हि. स.)। पश्चिम बंगालमा प्रधानमन्त्रीको प्रस्तावित दौड़ाहपूर्व दक्षिण दिनाजपुर जिल्लामा भाजपालाई ठूलो झट्का लागेको छ। शुक्रवार बिहान भाजपाका जिल्लाध्यक्ष स्वरूप चौधरीले आफ्नो पदबाट अचानक राजीनामा दिए। यस वर्ष 2026-को विधानसभा चुनाउको रणनीति तय भइरहेको समयमा उनको यो फसेलाले जिल्लाको राजनीतिमा खैलाबैला मचाइदिएको छ।

शुक्रवार बिहान बालुरघाटमा भाजपाको जिल्ला कार्यालयमा आयोजित एक आपात पत्रकार वार्तामा स्वरूप चौधरीले सार्वजनिक रूपमा आफ्नो राजीनामाको घोषणा गरे। उनले वर्ष 2021-देखि नै जिल्लाध्यक्षको जिम्मेवारी सम्हाल्दै आइरहेका थिए। यसपूर्व पनि उनले जिल्ला महासचिव सहित केही महत्वपूर्ण पदहरूमा बसेर संगठनलाई सुदृढ़ बनाउने काम गरिसकेका छन्। तथापि राजीनामा दिनु पछाड़िको कारण उनले खुलेर केही पनि बताएनन्। उनले यति मात्र भने, आफ्नो राजीनामा पत्र राज्य नेतृत्वलाई पठाइसकेका छन्।

पार्टी सूत्र अनुसार आगामी विधानसभा चुनाउमा टिकटलाई लिएर उनको असन्तुष्टि बाहिरिएको छ। भनिन्छ, जिल्लाध्यक्ष भएको नातामा स्वरूप चौधरीलाई ठूलो आशा थियो कि यसपालि उनलाई चुनाउ लड़्ने अवसर दिइनेछ। तर पार्टीका शीर्ष नेतृत्वले उनलाई संगठनात्मक जिम्मेवारीहरूसम्म मात्र सीमित राख्ने योजना बनाए अनि सम्भावित उम्मेद्वारहरूको सूचीमा उनको नाम सामेल गर्ने सम्भावना कमै रहेको बताइएको थियो।

भनिन्छ, यसै कारणले रूष्ट भेर उनले पद छोड़्ने फसेला लिएका हुन्। प्रधानमन्त्रीको राज्य भ्रमणपूर्व जिल्ला अध्यक्षले राजीनामा दिनाले भाजपाको लागि असहज स्थिति उत्पन्न गर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande