सिक्किम सरकारका तीन मन्त्रीलाई थप विभागको जिम्मेवारी
सिक्किम सरकारका तीन मन्त्रीलाई थप विभागको जिम्मेवारी


गान्तोक, 13 मार्च (हि.स.)। सिक्किम सरकारले आफ्ना तीन मन्त्रीहरूलाई थप विभागको अतिरिक्त जिम्मेवारी सुम्पेको छ। राज्य मन्त्रीमण्डलका सदस्यहरू अरुण कुमार उप्रेती, जीटी ढुङ्गेल र थेन्डुप छिरिङ भोटियालाई अतिरिक्त जिम्मेवारी दिइएको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले बिहिवार जारी एक आदेशमा उक्त जानकारी गराएका छन्।

राज्यपालद्वारा जारी आदेशका अनुसार, मन्त्री परिषदका सदस्यहरूलाई पहिले नै आवण्टित विभागहरू बाहेक थप विभागको अतिरिक्त जिम्मेवारी सुम्पिएको हो। यस क्रममा मन्त्री अरुण कुमारी उप्रेतीलाई पञ्चायती राज विभागको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। यसरी नै मन्त्री जीटी ढुङ्गेललाई आयुष विभाग र मन्त्री थेन्डुप छिरिङ भोटियालाई खाद्य प्रशोधन उद्योग विभागको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande