
खरसाङ, 13 मार्च (हि.स.)। खरसाङको राज राजेश्वरी भवन अनि गुरुकुलका नजिक उर्गेन छोयलिङ गुम्बा निर्माणको लागि भूमि पूजनसहित शिलान्यास गरिएको छ। उक्त गुम्बा अखिल भारतीय गुरुङ तमु बुद्धिष्ट एसोसिएशनको संरक्षणमा निर्माण हुन लागेको बताइएको छ।
यस गुम्बा निर्माणको लागि गुम्बा निर्माण कमिटी पनि गठन गरिएको छ। उक्त गुम्बा निर्माण कमिटीमा अध्यक्ष प्रेमेन्द्र गुरूङ, सचिव दिपंकर गुरुङ लगायत अन्यहरु चयन गरिएका छन्। यस गुम्बा निर्माणको लागि आज बौद्ध लामाहरुको बाहुलीबाट भूमि पूजन गरेर शिलान्यास कार्य सम्पन्न गरिएको छ।
यस अवसरमा अखिल भारतीय गुरुङ तमु बुद्धिष्ट एसोसिएशनको केन्द्रिय सभापति आनन्द तमु लगायत अन्यहरु उपस्थित रहेका थिए। एसोसिएसनको केन्द्रिय सभापति आनन्द तमु, गुम्बा निर्माण कमिटीका सभापति प्रेमेन्द्र गुरूङ र सचिव दिपंकर गुरुङले गुम्बा निर्माणको लागि सम्पन्न शिलान्यास कार्यबारे जानकारी दिए।
हिन्दुस्थान समाचार / हनोक