
गान्तोक, 13 मार्च (हि.स.)। नाम्ची पुलिसले दुई जनालाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ।
पुलिस रिपोर्टका अनुसार, विश्वसनीय सूत्रहरूद्वारा प्राप्त सूचनाको आधारमा पुलिसले नाम्ची जिल्लाको थलथलेमा आरोपी व्यक्तिको घरमा छानबिन गऱ्यो। यस क्रममा शौचालयको शिलिङबाट 31.28 ग्राम संदिग्ध ब्राउन शुगर बरामद गरियो।
प्रतिबन्धित पदार्थ जफत गरी आरोपीहरू विरुद्ध कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल