
गान्तोक, 13 मार्च (हि.स.)। सिक्किम केन्द्रिय विश्वविद्यालयका कुलपति प्रो. शान्तनु कुमार स्वाईंले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग लोकभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा कुलपतिले राज्यपाललाई आगामी दुई दिवसीय राष्ट्रिय संगोष्ठीमा आमन्त्रित गरे।
लोकभवनका अनुसार, यो संगोष्ठी पूवोत्तर भारतको सांस्कृतिक वैभव र साहित्य विषयमाथि 16 देखि 17 मार्च, 2026 सम्म लोकभवन, सिक्किममा आयोजन गरिने छ। यस कार्यक्रमको आयोजन लोकभवन, सिक्किम, केन्द्रिय हिन्दी निदेशालय, केन्द्रिय शिक्षा मन्त्रालय र हिन्दी विभाग, सिक्किम विश्वविद्यालयले संयुक्त रूपमा गरिरहेको छ।
प्रतिनिधिमण्डलले राज्यपाललाई कार्यक्रमको रूपरेखाबारे जानकारी गराए र कार्यक्रममा सम्मिलित हुनका लागि निमन्त्रणा दिए। राज्यपालले आयोजकहरूलाई कार्यक्रमको लागि शुभकानमा दिॅंदै संगोष्ठीको सफलताको कामना गरे।
हिन्दुस्थान समाचार / बिशाल