
खरसाङ, 13 मार्च (हि.स.)। सिक्किम राज्यपाल ओम प्रकाश माथुरसॅंग आज एसबीआईका मुख्य महाप्रबन्धक, कोलकाता सर्कल, नीरज कुमार पांडा र अन्य अधिकारीहरूले लोकभवनमा शिष्टाचार भेट गरे।
लोकभवनका अनुसार, राज्यपाललाई सिक्किममा एसबीआईको वर्तमान गतिविधिहरू र विस्तार योजनाहरूको बारेमा जानकारी दिइयो। अधिकारीहरूले सिक्किममा एसबीआईका 41 शाखा सञ्चालनमा रहेको र थप चार नयॉं शाखा खोल्ने प्रक्रिया जारी रहेको बताए।
राज्यपालले ब्याङ्कका शाखाहरू सीमावर्ती क्षेत्रहरू जस्तै डोकाला, चोला पास, भाइब्रेन्ट भिलेज र सार्वजनिक उपयोगिताका क्षेत्रहरूमा पनि खोल्न सुझाउ दिए। साथै, उनले अधिकारीहरूलाई यी क्षेत्रहरूको भ्रमण गर्न पनि आग्रह गरे।
नीरज कुमार पांडाले राज्यपाललाई केही तकनीकी चुनौतीहरूको बारेमा अवगत गराए। उनले सिक्किममा जनसुविधालाई सुदृढ बनाउन हर सम्भव प्रयास गर्ने आश्वासन दिए। उनले सीमावर्ती एवं ग्रामीण क्षेत्रहरूमा शाखा खोल्न आवश्यक पाइला चाल्ने पनि आश्वासन दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल