चिया श्रमिकहरूलाई आफ्नो अधिकारबाट वञ्चित गरिएको आरके शर्माको आरोप
आरके शर्मा


खरसाङ, 13 मार्च (हि.स.)। 2021-22 को बजेट सत्रमा असम र पश्चिम बंगालका चिया श्रमिकहरूको कल्याणका लागि 1000 करोड रुपियाँ विनियोजन गर्ने घोषणा गरिएको थियो। असममा उक्त योजना कार्यान्वयनतर्फ अघि बढिरहेको देखिए तापनि पश्चिम बंगालमा पर्ने चिया श्रमिकहरू भने अझैसम्म त्यस अधिकारबाट वञ्चित रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय सदस्य एवं प्रवक्ता आरके शर्माले बताएका छन्।

उनले यस विषयलाई लिएर पार्टीको भ्रातृ संगठन हिल तराई डुवर्स चियाबारी श्रमिक संगठनले न्यूनतम ज्याला र चिया श्रमिक कल्याणका लागि विनियोजन गरिएको रकम कार्यान्वयन गर्न निरन्तर आवाज उठाउँदै आएको बताएका छन्। उनले चिया बगानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई एकजुट भई आफ्नो अधिकारका लागि आवाज उठाउन आह्वान पनि गरेका छन्।

उनले भने, चिया श्रमिकहरूको हितका लागि घोषणा गरिएको रकम पश्चिम बंगालका चिया श्रमिकहरूलाई पनि समान रूपमा उपलब्ध गराउन सरकारमाथि दबाउ सिर्जना गर्नु अत्यन्त आवश्यक छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande