पाँच समुदायका लागि राज्य सरकारले नयाँ सांस्कृतिक एवं विकास बोर्ड बनाउनेछः ममता ब्यानर्जी
पाँच समुदायका लागि राज्य सरकारले नयाँ सांस्कृतिक एवं विकास बोर्ड बनाउनेछः ममता ब्यानर्जी


कोलकाता, 13 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार घोषणा गरिन्, राज्य सरकारले चाँड़ै नै पाँच वटा नयाँ सांस्कृतिक एवं विकास बोर्ड गठन गरिरहेको छ। यो बोर्ड मुण्डा (एसटी), कोरा (एसटी), डोम (एससी), कुम्भकार (ओबीसी) र सदगोप (ओबीसी) समुदायको लागि बनाइनेछ।

ममता ब्यानर्जीले सोशल मीडिया मञ्च ‘एक्स’- मा एउटा पोस्ट भनिन्, यी समुदायहरू बंगालको सामाजिक तथा सांस्कृतिक धरोहरका महत्वपूर्ण अंग हुन्। उनले यी समुदायहरूलाई बधाई दिँदै भनिन्, नयाँ बोर्डले उनीहरूको भाषा र परम्पराहरूको रक्षा गर्नको साथै शिक्षा, स्वास्थ्य औ रोजगारको अवसर सुनिश्चित गर्नमा मद्दत गर्नेछ।

मुख्यमन्त्रीले भनिन्, यी बोर्डहरूको माध्यमबाट समुदायको पारम्परिक अधिकारहरूको पनि सुरक्षा गरिनेछ अनि उनीहरूको सामाजिक-आर्थिक विकासलाई अगाड़ि बढ़ाइनेछ। उनले बताइन्, वर्ष 2013-देखि राज्य सरकारले कमजोर एव पछौटे समुदायको सर्वाङ्गीम विकासको लागि यस किसिमका बोर्डहरू गठन गरिसकेको छ।

ममता ब्यानर्जीले भनिन्, ‘माँ, माटी, मानुष’- प्रति उनको प्रतिबद्धताको अर्थ हो, राज्यमा कुनै पनि समुदायलाई पछाड़ि छोड़िनेछैन साथै समावेशी विकासको माध्यमबाट हरेकको मुहारमा मुस्कान ल्याउनु नै सरकारको लक्ष्य हो। मुख्यन्त्रीले आफ्नो सन्देशको अन्तमा ‘जय बंगला’- को नारा पनि दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande