
गान्तोक, 13 मार्च (हि.स.)। विद्या भारती सिक्किमको एक प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग लोकभवनमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधिमण्डलको अगुवाई विद्या भारती सिक्किमका महासचिव विजय कुमार शर्माले गरेका थिए।
लोकभवनले आज एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ। यस भेटका क्रममा प्रतिनिधिमण्डलले राज्यपाललाई विद्या भारती सिक्किमद्वारा सञ्चालित विभिन्न शैक्षिक र सांस्कृतिक गतिविधिहरूको बारेमा जानकारी दिए। साथै, आगामी रजत जयन्ती समारोहको आयोजन बारे पनि राज्यपाललाई अवगत गराइयो। रजत जयन्ती समारोह 27 मार्च, 2026 मा आयोजना गरिने छ।
राज्यपालले विद्या भारती सिक्किमलाई शुभकामना दिॅंदै समारोहको सफलताको कामना गरे।
हिन्दुस्थान समाचार / बिशाल