विद्यार्थीहरूको मानसिक स्वास्थ्यको चिन्ता गरून् शिक्षण संस्थानहरूलेः अभाविप
विद्यार्थीहरूको मानसिक स्वास्थ्यको चिन्ता गरून् शिक्षण संस्थानहरूलेः अभाविप


नयाँ दिल्ली, 13 मार्च (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (अभाविप)-ले आईआईटी दिल्लीको प्रथम वर्षको बी.टेक सिभिल इञ्जीनियरिंगका छात्र हर्षित स्वामीको दुःखदायी एवं असामयिक निधनप्रति शोक व्यक्त गरेको छ। अभाविपको भनाइ छ, शिक्षण संस्थानहरूले विद्यार्थीहरूको मानसिक स्वास्थ्यको चिन्ता गरुन्।

अभाविपले यस कठिन समयमा दिवंगत छात्रको परिवारप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दै ईश्वरसित प्रार्थना गऱ्यो, उनले शोकाकुल परिवारलाई यस असहनीय घड़ीमा सहने शक्ति प्रदान गरून्।

अभाविपका प्रदेश मन्त्री सार्थक शर्माले भने, हामी यस घटनाको निष्पक्ष जाँच गर्ने माग गर्दछौं ताकि यस दुःखदायी घटनाको वास्तविकता खोलियोस्। अभाविपको मान्यता छ, विद्यार्थीहरूको सुरक्षा, मानसिक स्वास्थ्य औ उनीहरूको समग्र कल्याणलाई सुनिश्चित गर्नु संस्थानको पहिलो प्राथमिकता हुनुपर्छ। अबाविप यो पनि माग गर्दछ, संस्थान-प्रशासनहरूले विद्यार्थीहरूका लागि उपलब्ध काउन्सिलिंग तथा सहायता तन्त्रलाई सही बनाउन् ताकि भविष्यमा यस्ता घटनाहरूलाई रोक्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande