
नोएडा, 13 मार्च (हि.स.)। थाना सेक्टर-113 क्षेत्रको सेक्टर 77 स्थित प्रतीक विस्टीरिया सोसाइटी निवासी एक व्यक्तिले मानसिक तनाउको कारण गए राति विषाक्त पदार्थ खाए। उनलाई अत्यन्तै गम्भीर अवस्थामा उपचारको निम्ति अस्पतालमा भर्ती गराइयो, जहाँ उनको मृत्यु भयो।
थाना सेक्टर-113 का प्रभारी विपिन कुमारले बताए, सुशान्त कुमार सेन (79) निवासी प्रतीक विस्टीरिया सोसाइटी सेक्टर 77 ले गए राति मानसिक तनावको कारण आफ्नो घरमा विषाक्त पदार्थ खाए। उनलाई उपचारको निम्ति यथार्थ अस्पतालमा भर्ती गराइयो, जहाँ उनको मृत्यु भयो। घटनाको जानकारी पाएपछि पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ। मृतक आफ्नी छोरीसँग बस्दै आएका थिए। उनी एक मात्र सन्तान हुन्। उनले आत्महत्याको कारणबारे पुलिसले अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी