यमुनालाई स्वच्छ तथा निर्मल बनाउनको लागि मिशन मोड़मा काम जारीः रेखा गुप्ता
यमुनालाई स्वच्छ तथा निर्मल बनाउनको लागि मिशन मोड़मा काम जारीः रेखा गुप्ता


नयाँ दिल्ली, 13 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, यमुनलाई स्वच्छ र निर्मल बनाउनको लागि ड्रेनहरूको सफाई कार्य मिशन मोडमा चलिरहेको छ। यसै क्रमा आज बडुसराय पुल र पंखा रोड ड्रेनमा नयाँ अम्फिबियस मशिनहरू तैनाथ गरिएको छ।

मुख्यमन्त्रीले एक्स पोस्टमा भनिन्, आधुनिक तकनिकद्वारा लैस यी मशिनहरू ड्रेन तथा जलाशयहरूमा जमा भएको काई, फोहोर तथा जलकुम्भीलाई द्रूत गतिमा हटाउनमा सक्षम छन् जसबाट सफाईको काम पहिलाभन्दा द्रूत तथा प्रभवकारी ढंगमा हुन सक्नेछ। यसबाट पानीको प्रभा अझ राम्रो बन्नेछ, ड्रेनहरूको सफाई तीव्र हुनेछ तथा जलभराउको समस्यालाई कम गर्नमा सहयोग मिल्नेछ। वरपरका क्षेत्रहरूले पनि राहत पाउनेछन्।

यस अवसरमा दिल्लीका जल मन्त्री प्रवेश साहिब सिंह, शिक्षा मन्त्री आशिष सूद सहित सम्बन्धित विभागहरूका वरिष्ठ अधिकारीगण उपस्थित थिए।

मन्त्री प्रवेश साहिबले फेसबुक पोस्टमा भने, यी आधुनिक मशिनहरू नदी तथा नालाहरूमा जमिएको काईलाई निकाल्न, जल निकायहरूको सफाई तथा बाढ़ प्रबन्धन कार्यहरूलाई अझ् अधिक प्रभावकारी बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। दिल्लीमा श्रेष्ठ जल प्रबन्धन, स्वच्छ जल निकाय औ प्रभावकारी बाढ़ी नियन्त्रण सुनिश्चित गर्नको लागि हाम्रो सरकारले आधुनिक तकनिक तथा सुदृढ़ व्यवस्थाहरूको साथमा लगातार कार्य गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande