दोहोरो नागरिकताको आरोपमा एसएसबीले नेपाली नागरिकलाई समातियो
दोहोरो नागरिकताको आरोपमा एसएसबीले नेपाली नागरिकलाई समातियो


सिलगढ़ी, 14 जनवरी (हि. स.)। इण्डो-नेपाल सीमामा सशस्त्र सीमा बल (एसएसबी)-ले एकजना नेपाली नागरिकलाई दोहोरो नागरिकताको आरोपमा हिरासतमा लिएको छ। हिरासतमा लिइएको व्यक्तिको पहिचान उत्तम कुमार श्रेष्ठको रूपमा भएको छ।

भनिन्छ, तिनी सिक्किमदेखि पानीट्याङ्कीस्थित इण्डो-नेपाल सीमाको बाटो भएर नेपालमा प्रवेश गर्ने चेष्टा गरिरहेका थिए। एसएसबीले आरोपीलाई बुधवार खोरीबाड़ी थानाको पुलिसलाई सुम्पिदिएको छ।

सूत्र अनुसार सीमामा तैनाथ एसएसबी जवानहरूले शंकाको आधारमा एकजना नेपाली नागरिकलाई रोकेर जाँचबुझ गरे। जाँचमा उबाट नेपालको नागरिकता पहिचान पत्र तथा भारती भोटर कार्ड भेटियो जसपश्चात एसएसबीले दोहोरो नागरिकताको आरोपमा हिरासतमा लिएर खोरीबाड़ी थानाको पुलिसलाई सुम्पिदियो। खोरीबाड़ी थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande