
मुम्बई, 14 जनवरी (हि.स.)। महाराष्ट्रमा मनपा चुनाउपूर्व शरद पवारको पार्टी एनसीपीलाई ठूलो झट्का लागेको छ। शरद पवारका कट्टर समर्थक औ पूर्व विधायक रमेश कदमले पार्टी छोड़ेका छन्।
रमेश कदमले चिपलुन नगराध्यक्षको चुनाउमा परास्त भएका थिए जसबाट तिनी असन्तुष्ट भएका थिए। पार्टीमा सही स्थान तथा सहयोग प्राप्त नभएको कारणले उनले पार्टीका प्रदेश अध्यक्षलाई आफ्नो राजीनामा सुम्पिएका छन्। रमेश कदम 1984- सालदेखि नै एनसीपीमा थिए। अजित पवारको विद्रोहपछि एनसीपीका केही वरिष्ठ नेताहरूले अजित पवारलाई साथ दिएका थिए, तर रमेश कदमले भने शरद पवारको साथ छाड़ेनन्। यसबीच राज्यमा 12 वटा जिल्ला परिषद तथा 125 वटा पञ्चायत समितिहरूमा चुनाउको घोषणा पनि भइसकेको छ। आगामी 5 फरवरीमा भोटिंग हुनेछ जसको गणना 7 फरवरीमा हुनेछ। रमेश कदमले पार्टी छोड़्नु भनेको एनसीपीको लागि ठूलो झट्का हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा