दासपुरमा हिलोले पुरिएको शव उद्धार, जाँंचमा जुट्यो पुलिस
दासपुरमा हिलोले पुरिएको शव उद्धार, जाँंचमा जुट्यो पुलिस


मेदिनीपुर, 14 जनवरी (हि. स.)। घाटाल–पाँशकुड़ा सड़क किनार दासपुर थाना अन्तर्गत महमुदपुर गाउँमा बुधवार बिहान 8 बजे सड़क किनारको नालीभित्र हिलोले पुरिएको शव भेटिनाले कोकोहोलो मचियो। मृतकको पहिचान टिंकु शेख (45)-को रूपमा भएको छ। पेशाले राजमिस्त्री रहेका टिंकुले भाड़ाको घरमा बसेर काम गर्दै आइरहेका थिए।

सूचना पाएर दासपुर थाना पुलिसले घटनास्थल पुगी शवलाई कब्जामा लियो अनि जाँच शुरू गऱ्यो।

स्थानीय पञ्चायत सदस्य खोखन खानले बताए, मृतक गए मंगलवार साँझ लगभग 7 बजे चौकको एउटा दोकानमा उनीसित बसेर चिया पिरहेका थिए। उनले भने, राती लगभग 8 बजेदेखि उसको साथीले उसलाई खोजिरहेको थियो, तर कतै भेटिए। बुधवार बिहान स्थानीय मानिसहरूले शव भेटिएको सूचना दिए।

पुलिस अनुसार घटनास्थल निकट जुत्ता र कपड़ाहरू यत्रतत्र छरिएका छन् भने शवमा हिलैहिलो लागेको थियो जसबाट यो मामिला संदिग्ध प्रतीत भिरहेको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि मोयना अस्पतालमा पठाइदिएको छ। पुलिसले हरेक पाटो र पक्षको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande