जोरथाङ माघे सङ्क्रान्ति उत्सवमा राज्यपाल र मुख्यमन्त्रीको सहभागिता
Jorethang maghey mela


नाम्ची, 14 जनवरी (हि.स.)। माघे सङ्क्रान्तिको शुभ अवसरमा आज बिहान सिक्किमका राज्यपाल ओमप्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ आज जोरथाङ पुगेर उत्सव कार्यक्रममा सहभागी बने‌। जोरथाङ आगमनका क्रममा राज्यपाल तथा मुख्यमन्त्रीलाई माघे सङ्क्रान्ति मेला समिति, सरकारी अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूले हार्दिक स्वागत गरे।

कार्यक्रमको शुरुवातमा राज्यपाल तथा मुख्यमन्त्रीले पवित्र त्रिकालेश्वर मन्दिरमा पूजा–अर्चना गरी सिक्किमवासीहरूको सुख, समृद्धि, शान्ति तथा सद्भावनाको कामना गरे।

यस अवसरमा सिक्किम विधानसभाका उपाध्यक्ष, क्याबिनेट मन्त्रीहरू, विधायकहरू, सल्लाहकारहरू, विभिन्न बोर्ड तथा समितिका अध्यक्षहरू तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

पूजा–अर्चनापछि राज्यपाल तथा मुख्यमन्त्रीले नव–निर्मित एसडीएम कार्यालय र डायलाइसिस केन्द्रको उद्घाटन गर्नुका साथै माघे सङ्क्रान्ति मेला २०२६ को औपचारिक उद्घाटन तथा अन्य विकासात्मक योजनाहरूको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande