ममता ब्यानर्जीले पोंगल र माघ बिहूमा दिइन् शुभकामना
ममता ब्यानर्जीले पोंगल र माघ बिहूमा दिइन् शुभकामना


कोलकाता, 14 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार सोशल मीडिया मञ्च ‘एक्स’-मा देशका विभिन्न भागहरूमा मनाइने प्रमुख पर्वहरू क्रमैले पोंगल र माघ बिहूको अवसरमा मानिसहरूलाई शुभकामना दिइन्।

पोंगलको शुभकामना दिँदै ममता ब्यनर्जीले आफ्नो पोस्टमा भनिन्, यो शुभ अवसरले उनका तमिल दाज्यु-भाइ तथा दिदी-बहिनीहरूको जीवनमा उत्तम स्वास्थ्य, खुशियाली औ समृद्धि लिएर आओस्। उनले कामना गरिन्, यो पर्वले सबैको जीवनमा आनन्द र सौभाग्य सञ्चार गरोस्।

यता माघ बिहूको अवसरमा मुख्यमन्त्रीले भनिन्, यो रंग-बिरंगी तिहारले मानिसहरूको जीवनमा नयाँ उमंग र उत्साह लिएर आओस्। उनले आशा व्यक्त गरिन्, माघ बिहूले आपसी सौहार्द र साझा खुशीको भावनालाई अझ मजबुत बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande