वेतन नपाएका कारण बालुरघाटमा सफाई कर्मीहरूको आन्दोलन, काम ठप्प भएकोले शहरमा फोहोरको थुप्रो
वेतन नपाएका कारण बालुरघाटमा सफाई कर्मीहरूको आन्दोलन, काम ठप्प भएकोले शहरमा फोहोरको थुप्रो


दक्षिण दिनाजपुर, 14 जनवरी (हि. स.)। बालुरघाटमा नयाँ वर्षको आधा महिना बितिसक्दा पनि वेतन नपाएका कारण नगरपालिकाका सफाई कर्मीहरू आनदोलनमा उत्रेका छन्। अभिभावक विहीन भइसकेको बालुरघाट नगरपालिकाको अचल प्रशासनिक स्थितिको फलस्वरूप पारिश्रमिक नपाएकाले असन्तुष्ट सफाई कर्मीहरूले बुधवार बिहानदेखि नगरपालिका कार्यालय सामु काम बन्द गरेर व्यापक विरोध प्रदर्शन शुरू गरे। सफाईकर्मीहरूले काम बन्द गर्नसाथ शहरभरि ठाउँ-ठाउँमा मैला-कुचैलाको थुप्रो लागेको छ जसबाट आम मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ।

नगरपालिका सूत्र अनुसार गत 19 दिसम्बरमा तत्कालीन चेयरम्यान अशोक मित्राविरूद्ध 14 जना पार्षदहरूले अविश्वास प्रस्ताव ल्याएका थिए। त्यसपछि गत 10 जनवरीमा चेयरम्यानको पद रिक्त भयो। पछिल्लो तीन वर्षदेखिकै उपाध्यक्षको पद पनि खाली छ। परिणामस्वरूप हाल नगरपालिकामा कुनै प्रशासनिक प्रमुख छैन र यसै प्रशासनिक जटिलताको कारणले सफाई कर्मीहरूको मानदेय तथा वेतन अड़्किएको छ।

आन्दोलनरत् कर्मचारीहरूको आरोप छ, हरेक महिना उनीहरूले ढिलो गरी वेतन पाइरहेका छन्, तर यसपालि झन् गम्भीर अवस्था भएको छ। एकजना आक्रोशित सफाईकर्मीले भने, मकर संक्रान्तिमा पिठा-पुली त टाड़ाको कुरा परिवारको लागि दुई छाक जुटाउन पनि गाह्रो भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande