
चिरांग (असम), 14 जनवरी (हि.स.)। चिरांग जिल्लाको बिजनी क्षेत्रमा एकजना वृद्ध व्यक्तिको ट्रेनको चपेटमा परी घटनास्थलमै मृत्यु भयो।
पुलिसले बतायो, बुधवार डाउन मालगाड़ी ट्रेनको चपेटमा परेर एकजना वृद्ध व्यक्तिको घटनास्थलमै मृत्यु भयो। घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको रेलवे पुलिसले वृद्धको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
अन्तिम सूचना पाउँदासम्म पनि मृतकको पहिचान हुन सकेको थिएन। रेलवे पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मृतकको पहिचान गर्ने कार्यमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा