
कोलकाता, 14 जनवरी (हि. स.)। कोलकाता समेत पश्चिम बंगालमा मकर संक्रान्तिको अवसरमा मौसम शुष्क र रमाइलो भएको छ। मौसम विभागानुसार आगामी 24 घण्टासम्म राजधानी कोलकाताको आकाश मुख्य रूपमा सफा रहनेछ। बिहान हल्का कुहिरो वा धमिलोपन छाउने सम्भावना रहे पनि दिन बढ़्दै गएपछि मौसम सफा हुनेछ।
अधिकतम तापमान लगभग 23 डिग्री सेल्सियस वरपर रहने सम्भावना छ जुन सामान्यभन्दा लगभग 1.5 डिग्री कम हो। न्यूनतम तापमान 13-14 डिग्री सेल्सियसबीच दर्ता गरिएको छ जुन सामान्यभन्दा केही कम हो। यसबाट बिहान र राती हल्का जाड़ो महसूस हुनेछ।
बुधवार बिहान मौसम विभागले आफ्नो बयानमा बताएको छ, आगामी दुई-तीन दिनसम्म यस्तै मौसम रहनेछ। पछिल्लो हप्ता कोलकाताको तापमान 10 डिग्री सेल्सियससम्म पुगेको थियो जसले गर्दा जाड़ो बढ़ेको थियो, तर मकर संक्रान्तिमा यो लगभग 14 डिग्रीमा पुगेको छ जसकारण त्यति धेर जाड़ो हुनेछैन।
आद्रताको स्तर पनि सन्तुलित रहने अनुमान व्यक्त गरिएको छ। अधिकतम सापेक्षित आद्रता लगभग 80 प्रतिशत अनि न्यूनतम लगभग 45 प्रतिशत रहनसक्छ। बितेको 24 घण्टामा कोलकाता तथा यस वरपरका क्षेत्रहरूमा कुनै पनि प्रकारको वर्षा दर्ता गरिएको छैन।
समग्रमा भन्न पर्दा मकर संक्रान्तिको दिन पश्चिम बंगालको मौसम अनुकूल रहने आशा छ। आकाश सफा र जाड़ोबीच मानिसहरूले गंगासागरमा आस्थाको डुब्कि लगाइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा