
कोलकाता, 14 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार सोशल मीडिया मञ्च ‘एक्स’-मा बंगाली संगीत जगतका दिग्गज कलाकार श्यामल मित्रको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
आफ्नो पोस्टमा ममता ब्यानर्जीले भनिन्, श्यामल मित्र बंगाली संगीत जगतका एकजना महान किंवदन्ती कलाकार थिए। गायक र संगीतकारका रूपमा उनको योगदानले बंगाली फिल्म संगीत औ आधुनिक गीतहरूलाई एउटा अनौठो शिखरसम्म पुऱ्यायो।
मुख्यमन्त्रीले यो पनि उल्लेख गरिन्, श्यामल मित्रको सुमधुर आवाज़ औ कालजयी सृजन आज पनि संगीत प्रेमीहरूको हृदयमा जीवित छ र आगामी पिँढ़ीको लागि प्रेरणाको श्रोत बनिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा