
कोलकाता, 14 जनवरी (हि. स.)। मकर संक्रान्तिको अवसरमा कोलकाता र हावड़ा सहित गंगाका तटवर्ती क्षेत्रहरूमा बुधवार बिहानदेखिकै श्रद्धालुहरूको भीड़ देख्न पाइयो। गंगा स्नानको लागि मानिसहरूको उत्साह बिहानदेखि अपरान्हसम्मै यथावत देखियो। ठूलो संख्यामा श्रद्धालुहरू पुण्य स्नान औ पूजा-अर्चना गर्नका लागि घाटहरूमा आएका छन्।
तथापि यस वर्ष मकर संक्रान्तिको शुभ साइत राती 8 बजेपछि आरम्भ भएर मंगलवार अपरान्ह 12 बजेसम्म रहनेछ, तर परम्परा अनुसार 14 जनवरीमै पर्व मनाइने हुनाले श्रद्धालुहरूले सोमवार गंगा स्नान गरे। हावड़ा, हुगली, कोलकाता र उत्तर 24 परगना अतिरिक्त नदिया एवं अन्य जिल्लाहरूबाट पनि मानिसहरू गंगाका दुवै तटमा भेला भएका छन्।
घाटहरूमा महिला, पुरुष, युवा औ बुजुर्गहरूको व्यापक उपस्थिति रह्यो। श्रद्धालुहरूले गंगामा डुबकी लगाएर पूजा-अर्चना गरे। यस अवधि घाटहरूमा ठूलो संख्यामा पुरोहितहरू पनि उपस्थित थिए जसले वैदिक रिती-थिती अनुसार पूजा तथा क्रियाक्रम सम्पन्न गराए।
पुरोहित भीम ब्यनर्जीले बताए, परम्परा अनुसार 15 दिसम्बरदेखि 14 जनवरीसम्मको समयलाई ‘खरमास’ मानिन्छ जसलाई पितृपक्षको एक भाग मानिन्छ। यस अवधि शुभ कार्य गरिँदैन। मकर संक्रान्तिको दिन पुण्य स्नानसितै यो अवधि समाप्त हुन्छ। त्यसपछिदेखि शुभ कार्यहरूको शुरूआत हुन्छ। त्यसैले यस दिन गंगा स्नाको विशेष महत्व छ।
उनले बताए, गंगासागरमा स्नानको आफ्नो अलग्गै धार्मिक महत्व भए पनि मान्यता छ, राजा सागरका 60 हजार छोराहरूलाई जुन गंगाबाट मुक्ति प्राप्त भयो, त्यै गंगामा कतै पनि स्नान गर्नाले पुण्यय प्राप्ति हुन्छ। यसै आस्थाको कारणले सोमवार गंगा तटवर्ती शहर तथा गाउँहरूबाट हजारौं श्रद्धालुहरू गंगा स्नान गर्नका लागि आइपुगे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा