
कोलकाता, 14 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार सोशल मीडिया मञ्च ‘एक्स’-मा प्रख्यात साहित्यकार, मानवाधिकारकी प्रखर योद्धा औ आदिवासी अधिकारकी मुखर आवाज़ महाश्वेता देवीको जयन्तीमा उनलाई सश्रद्ध प्रणाम गरिन्।
आफ्नो पोस्टमा ममता ब्यनर्जीले लेखिन्, महाश्वेता देवी बंगला साहित्यका एक अनन्य नाम हो। उनको लेखनीले कथा मात्र भन्दैन जबकि शोषित, वञ्चित तथा आदिवासी समाजका अधिकारहरूको लड़ाईँको सशक्त माध्यम पनि थियो। ‘हजार चौरासी की मां’-देखि लिएर ‘अरण्येर अधिकार’-सम्म उनका रचनाहरूको हरेक पृष्ठमा संघर्ष अनि प्रतिरोधको भाषा गुञ्जिन्छ।
मुख्यमन्त्रीले यो पनि भनिन्, महाश्वेता देवी उनको व्यक्तिगत जीवनमा पनि एउटा ठूलो प्रेरणा रहिआएकी छन्। उनको स्नेह तथा आशीर्वाद सदैव उनको साथमा रहिआएको छ। ममता ब्यनर्जीले अझ लेखिन्, महाश्वेता देवीका आदर्शहरूलाई पहिल्याउँदै आज पनि उनले मानवाधिकारहरूको रक्षाको लड़ाईँलाई अगाड़ि बढ़ाइरहेकी छन्।
उल्लेखनीय छ, महाश्वेता देवी एकजना महान साहित्यकार मात्र थिइनन् जबकि सामाजिक अन्याय तथा शोषणको विरोधमा आजीवन संघर्ष गर्ने एकजना प्रतिबद्ध कार्यकर्ता पनि थिइन् जसको धरोहरले आज पनि समाजलाई प्रेरणा दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा