वाहनको ठक्करले दुई युवकको मृत्यु
वाहनको ठक्करले दुई युवकको मृत्यु


जोरहाट (असम), 14 जनवरी (हि.स.)। जोरहाट जिल्लाको टियक क्षेत्रमा द्रूत गतिको स्कर्पियोको ठक्करले दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो।

पुलिसले बतायो, बुधर सबेरै टियको वामुन पोखरी दिहिंगिया गाउँमा एउटा द्रूत गतिको स्कर्पियो (एएस-03एनसी-9141)- द्वारा ठोक्कर दिइएको कारणले दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो। घटना अवघि सड़क किनारमा सुँगुर बेच्नको लागि छःजना युवकहरूले ठाउँ बनाइरहेका थिए।

यसैबीच द्रूत गतिको स्कर्पियो वाहनले छःजनै युवकहरूलाई कुल्चिँदै अगाड़ि बढ़्यो। यीमध्ये दुईजना युवकहरूको घटनास्थलमै मृत्यु भयो। घटनापछि वाहन चालक मिन्टु गोगोई घटनास्थलबाट भाग्यो। दुर्घटनामा घाइते भएका अन्य मानिसहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।

घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले दुर्घटनामा मारिएका युवकहरूको शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी भगौड़ा वाहन चालकलाई खोजिरहेको छ। वाहनलाई भने जफत गरी पुलिसलले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande