
नाम्ची, 14 जनवरी (हि.स.)। माघे संक्रान्ति मेला २०२६ को अवसरमा सर्वसाधारणलाई सडक सुरक्षा र सडकको जिम्मेवार प्रयोगबारे सचेत गराउने उद्देश्यले सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरियो।
कार्यक्रमका क्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले सडक सुरक्षा प्रतिज्ञा गराए। यसपछि मुख्यमन्त्री प्रेमसिंह तामाङसँग संयुक्त रूपमा झण्डा देखाई मोटरसाइकल र्यालीको शुभारम्भ गरे। यस पहलले जिम्मेवार सवारी चलाउने अभ्यास र पैदलयात्रीको सुरक्षाको महत्त्वलाई उजागर गरेको छ।
कार्यक्रममा सिक्किम विधानसभा उपाध्यक्ष, मन्त्रिपरिषद् सदस्यहरू, विधायकगण, सल्लाहकारगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू साथै सिक्किम र छिमेकी राज्यहरूबाट आएका मोटरसाइकल चालकहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमको उद्देश्य नागरिकहरूलाई यातायात नियमहरूको कडाइका साथ पालना गर्न प्रेरित गर्नु र सबै सडक प्रयोगकर्ताको सुरक्षाका लागि सडक सुरक्षा संस्कृतिको विकास गर्नु रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल