माघ बिहूको मुख्यमन्त्री सरमाले दिए शुभकामना
माघ बिहूको मुख्यमन्त्री सरमाले दिए शुभकामना


गुवाहाटी, 14 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले माघ बिहू (भोगाली बिहू)- को अवसरमा राज्यवासीहरूलाई हार्दिक शुभकामना दिँदै यस पर्वको सांस्कृतिक तथा कृषि आधारित महत्वलाई रेखांकित गरे।

आफ्नो सन्देशमा मुख्यमनन्त्रीले भने, शीत ऋतुको कठ्याङ्ग्रिने जाड़ोबीच भोगाली बिहूले हरेक वर्ष नयाँ ऊर्जा, आशा एवं उल्लास लिएर आउँछ। उनले भने, यो पर्व असमिया संस्कृतिको अभिन्न अंग हो जु कृषि प्रधान समाजको मिहेनत र फसल प्राप्तिको खुशीसित जोड़िएको छ।

डा. सरमाले भने, मेजीको पवित्र अग्नि, ढेकीको लयबद्ध ध्वनि, पिठा-पना जस्ता पारम्परिक व्यञ्जनहरूको बासना तथा भेलाघर अथवा मेजीघरमा बुजुर्ग तथा युवाहरूसित बिताएको रंगीन क्षण सामाजिक एकता, कृतज्ञता तथा समृद्धिको प्रतीक हो। उनले भने, मेजीको अग्निबाट निक्लिका प्रार्थनाहरूले मंगल एवं शुभ सन्देशहरू बोकेर आउँछन्।

मुख्यमन्त्रीले कामना गरे, भोगाली बिहूको पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि लिएर आओस्। अन्तमा फेरि पनि उनले असमवासीहरूलाई राज्यको यस प्रमुख फसल पर्वको हार्दिक बधाई एवं शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande