एसआईआर अन्तर्गत एघार हजारभन्दा अधिक ‘अवैध’ मतदाता चिन्हित, नदियामा सबैभन्दा अधिक मामिला
एसआईआर अन्तर्गत एघार हजारभन्दा अधिक ‘अवैध’ मतदाता चिन्हित, नदियामा सबैभन्दा अधिक मामिला


कोलकाता, 14 जनवरी (हि.स.)। राज्यमा भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अन्तर्गत अहिलेसम्ममा एघार हजारभन्दा अधिक ‘अवैध’ मतदाताहरूलाई चिन्हित गरिसकिएको छ। जिल्लागत आँकड़ा अनुसार नदिया जिल्लामा यस्ता मतदाताहरूको संख्या सबैभन्दा अधिक दर्ता गरिएको छ भने बाँकुड़ा र कोलकाताको दक्षिणी भागमा अहिलेसम्ममा एकजना पनि अवैैध मतदाता भेटिएको छैन।

चुनाउ आयोगद्वारा जारी आँकड़ा मुताविक एसआईआर प्रक्रिया अन्तर्गत अहिलेसम्ममा 9 लाख 30 हजार 993 मतदाताहरूको सुनवाई पूरा भइसकेको छ भने यिनीहरू सबैको विवरण अनलाइन अपलोड गरिएको छ। दस्तावेजहरूको सत्यापन र सुनवाई पश्चात निर्वाचन पञ्जीकरण अधिकारीहरूले 11 हजार 472 मतदाताहरूलाई ‘अवैध’ घोषित गरिदिएका छन् जसको नामलाई अब अन्तिम मतदाता सूचीबाट हटाइनेछ। उल्लेखनीय छ, निर्वाचन पञ्जीकरण अधिकारी राज्य सरकारकै कर्मचारी हुन्छन्।

एसआईआरको उद्देश्य मतदाता सूचीलाई शुद्ध र त्रुटिरहित बनाउनु हो। यस प्रक्रिया अन्तर्गत अहिलेसम्ममा सारा राज्यभरि नै 65 लाख 78 हजार 058 नोटिस तयार गरिएको छ जसमध्ये 32 लाख 49 हजार 091 नोटिस जारी गरिसकिएको छ। नोटिस जारी गरिेका मतदाताहरूमध्ये 9 लाख 30 हजार 993-को सुनवाई पूरा भइसकेपछि अवैध मतदाताहरूको पहिचान गरिएको छ।

जिल्लागत आँकड़ा अनुसार नदियामा सबैभन्दा अधिक 9,228 अवैध मतदाता पाइएको छ भने यसको विपरीत कोलकाताको दक्षिणी भागमा 01 लाख 36 हजार 561 नोटिस जारी भएको भए पनि अवैध मतदाता एकजना पनि भेटिएको छैैन। बाँकुड़ा जिल्लामा पनि 01 लाख 63 हजार 357 नोटिस जारी गरिएकोमा अहिलेसम्ममा एकजना पनि अवैध मतदाता भेटिएको छैन।

अन्य जिल्लाहरू क्रमैले कुचबिहारमा 10, जलपाईगुड़ीमा 4, दार्जीलिङ र उत्तर दिनाजपुरमा 2-2, दक्षिण दिनाजपुरमा 195 अवैध मतदातालाई चिन्हित गरिएको छ। यसरी नै मालदामा 15, मुर्शिदाबादमा 68, उत्तर 24 परगनामा 147 औ दक्षिण 24 परगनामा 69 मतदाताहरूलाई अवैध पाइएको छ भने कोलकाताको उत्तरी भागमा 54, हावड़ामा 26, हुगलीमा 989 औ पूर्व मेदिनीपुरमा 2 मतदाता यस्तो पाइएको छ। पश्चिम मेदिनीपुरमा 105, पुरुलियामा 44, पूर्व बर्दवानमा 167 एवं बीरभूममा 264 अवैध मतदाता दर्ता गरिएको छ भने पहाड़ी और वनवासी जिल्लाहरू क्रमैले अलिपुरद्वारमा 9, कालेबुङमा 65, झारग्राममा 3 औ पश्चिम बर्दवानमा 4 अवैध मतदाता पाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande