हाइकोर्टको निर्देशमा तमलुक नपा चेयरम्यानको चुनाउ 21 जनवरीमा हुने
हाइकोर्टको निर्देशमा तमलुक नपा चेयरम्यानको चुनाउ 21 जनवरीमा हुने


पूर्व मेदिनीपुर, 14 जनवरी (हि.स.)। हाइकोर्टको आदेश मुताविक तमलुक नगरनिगममा नयाँ नगर प्रमुख (चेयरम्यान)-को चुनाउ आगामी 21 जनवरीमा तय भएको छ। गए मंगलवार साँझ नगरपालिकाका कार्यवाहक प्रमुख चञ्चल खाड़ाले नगरनिगमका 20 जना नगरप्रतिनिधिहरूलाई विशेष बैठकको नोटिस पताएका छन्।

नगर निगम सूत्र अनुसार 2022 सालको नगरनिगम चुनाउमा 20 वटा सीटमध्ये 18 वटामा तृणमूल कंग्रेस र 2 वटामा भाजपा विजयी भएको थियो। त्यसताक दीपेन्द्रनारायण रायलाई चेयरम्यान चुनिएको थियो भने लिना मावई रायलाई भाइस चेयरम्यान बनाइएको थियो। दुवैले गत 11 नोभेम्बरको दिन पार्टीको निर्देश अनुरूप आ-आफ्नो पदबाट राजीनामा दिएका थिए।

त्यसपछि 18 नोभेम्बरमा राज्यका नगर एवं शहरी विकास विभागले चञ्चल खाड़ालाई अस्थायी चेयरम्यान नियुक्त गरेपछि 20 नोभेम्बरमा नगर बोर्डको बैठक डाकी उनले आफूलाई चेयरम्यान घोषणा गरेका थिए। तथापि भाजपाका नगर पार्षदद्वय जया दास नायेक र शबरी चक्रवर्तीले यस चुनाउलाई अवैध ठहराउँदै हाई कोर्टको ढोका ढक्ढकाएका थिए।

भाजपा पार्षद जया दास नायेकले भने, हाई कोर्टको आदेश अनुसार हामीलाई नोटिस प्राप्त भएको छ। तर तृणमूलको अर्थ चोरी र भ्रष्टाचार छ। अब चुनाउ सही रूपमा हुन्छ कि हुँदैन त्यो हेर्नुछ।

यता चञ्चल खाड़ाले भने, चेयरम्यान चुनाउको लागि सबै पार्षदहरूलाई नोटिस पठाइएको छ। हामी सबै कुरा कानूनी ढंगमा गर्नेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande