
कोलकाता, 14 जनवरी (हि.स.)। कोलकाताको बीबी गांगुली स्ट्रीट क्षेत्रमा बुधवार बिहान केही दोकानहरूमा आगलागी भएको कारणले व्यापक खैलाबैला मचियो। यस भयानक आगलागीको कारणले सम्पूर्ण क्षेत्रमा धुँवाको मुस्लो फैलिएर क्षेत्रको दृश्यता घट्यो। सूचना पाए लगत्तै दमकल विभागका दश वटा वाहन घटनास्थलमा पुगेर आगोलाई निभाउने अभियानमा लागिपऱ्यो।
प्राप्त जानकारी अनुसार आगो सबैभन्दा पहिला यस क्षेत्रको प्लाइवुड दोकानमा लागेको थियो। द्रूत उत्तरी हावाको कारणले तीव्र गतिमा फैलिएको आगोले वरपरका दोकानहरूलाई पनि आफ्नो चपेटमा लियो। यो क्षेत्र घना जनसंख्या भएको तथा धेरैवटा फर्नीचर दोकानहरू भएको कारणले आगो फैलिने खतरा झन् बढ़्यो।
स्थानीय मानिसहरू अनुसार दोकानभित्र प्रचुर मात्रामा फर्नीचर र अन्य ज्वलनशील पदार्थहरू राखिेको कारणले आगो द्रूत गतिमा फैलियो। यस क्षेत्रको बिहुलीको तार पनि चिन्ताको विषय भएको छ। यदि आगो बिजुलीको तारसम्म पुगेको भए स्थिति झन् भयावह हुनेथ्यो।
दमकल कर्मीहरू आगो निभाउनमा जुटेका छन्। अहिलेसम्ममा यस घटनामा कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। प्रशासनले वरपरका दोकान तथा आवासीय क्षेत्रसम्म आगो फैलिने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अप्नाउने निर्देश दिएको छ।
आगलागीको कारण हाल पत्तो लाग्न सकेको छैन। स्थितिमाथि लगातार नजर राखिँदैछ साथै आगो निभाउने कार्य पनि जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा