मकर स्नानको निम्ति शिलावती, कंसावती औ अजय नदीमेा उर्लियो जनसमूह
मकर स्नानको निम्ति शिलावती, कंसावती औ अजय नदीमेा उर्लियो जनसमूह


मेदिनीपुर, 14 जनवरी (हि. स.)। आज मकर संक्रान्तिको पावन अवसरमा प्रत्येक जिल्लाका नदी-पोखरी-घाट आदिमा श्रद्धालुहरूको व्यापक भीड़ देख्न पाइयो। पुण्य आर्जनको कामना लिएर बिहानदेखिकै मानिसहरू घाटमा आइरहेका छन्। घाटालको कंसाबती नदी र मेदिनीपुरको शिलाबती नदीमा मकर स्नानको लागि श्रद्धालुहरूको समुद्र नै उर्लिएको छ। यस अवसरमा विभिन्न स्थानहरूमा मेला पनि आयोजना गरिएको छ।

मकर स्नानका लागि सुदूरवर्ती क्षेत्रहरूबाट आएका मानिसहरूको घाटाल महकुमाको शिलाबती नदी घाटमा घुइँचो लागेको छ। नदी किनारमा आयोजित मेलामा बाँसको झाड़ु, बेतको कुलो, फलामले बनिएको घरेलु सामान सहित विभिन्न वस्तुहरूको बिक्री भइरहेको छ। यसरी नै मेदिनीपुर शहर निकट कंसावती नदीको गान्धी घाटमा पनि भोर बिहानदेखिकै श्रद्धालुहरूको लामो ताँत लागेको देखियो। मकर संक्रान्तिलाईलिएर शहरका जगन्नाथ मन्दिर संलग्न क्षेत्रमा पनि मेलाको आयोजन गरिएको छ।

यता बीरभूम जिल्लामा अजय नदीका घाटहरूमा श्रद्धालुहरूको ठूलो भीड़ एकत्र भएको छ। पुण्य स्नानलाई लिएर हरेक वर्ष झैं यस वर्ष पनि जयदेव केन्दुलीको अजय नदी तटमा हजारौं मानिसहरू भेला भए। भीड़लाई नियन्त्रण गर्नको लागि पुलिसको व्यापक व्यवस्था गरिएको छ। मकर स्नानलाई मध्यनजर गर्दै हिंगलो जलाशयबाट 2000 क्यूसेक पानी छोड़िएको जानकारी प्राप्त भएको छ।

जिल्ला पुलिस अधीक्षक अमनदीपले बताए, मेलामा 24 घण्टै पुलिसलाई तैनाथ गरिएको छ। सुरक्षाको लागि 2 सयभन्दा अधिक सीसीटीभी क्यामरालाई जड़ान गरिएको छ भने ड्रोनको माध्यमबाट सम्पूर्ण क्षेत्रमा नजर राखिँदैछ। यस अतिरिक्त 40 वटा पुलिस बूथ र वाच टावर पनि बनाइएको छ। उनले अझ बताए, आसनसोल तिरबाट पनि ठूलो संख्यामा श्रद्धालुहरू आउँछन्, त्यसैले आसनसोल पुलिस कमिश्नरेटसित समन्वय राखिएको छ। वरिष्ठ नागरिकहरूको सुविधाको लागि ई-रिक्शाको व्यवस्था गरिएको छ। कुनै पनि अप्रिय घटना हुनदेखि बच्नको लागि स्थान घाटहरूमा आपदा प्रबन्धन दललाई तैनाथ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande