एसएसबी 72औं बटालियनले उत्साहका साथ लोहडी मनायो
एसएसबी 72औं बटालियनले उत्साहका साथ लोहडी मनायो


गेजिङ, १४ जनवरी (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) को योक्सम आधारित ७२औं बटालियनले मंगलवार लोहडीको जीवन्त पर्व उत्साहका साथ मनायो। एसएसबीका कमान्डेन्ट जय प्रकाशको नेतृत्वमा आयोजित यस कार्यक्रमले जवानहरूको मनोबल मात्र बढाएन, तर बल र स्थानीय समुदायबीचको सम्बन्धलाई पनि बलियो बनाएको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

समारोहमा सिक्किमका लोकसभा संसद डा. इन्द्रहाङ सुब्बा, योक्समका एसडीएम चन्दनसिंह सुब्बा र सांसदका ओएसडी नोसाङ लिम्बू लगायत सम्मानित अतिथिहरूको उपस्थिति रहेको थियो। यस अवसरमा एसएसबीको ३६औं बटालियन, गेजिङका उप कमान्डेन्ट जितेन्द्र जोशी र अन्य कर्मचारीहरूको उपस्थितिले उत्सवको भावनालाई बढाएको थियो।

यस कार्यक्रमले स्थानीय समुदाय र प्रशासनसँग सुमधुर सम्बन्ध प्रवर्द्धन गर्ने एसएसबीको प्रतिबद्धता प्रदर्शन गरेको जनाइएको छ। यस उत्सवलाई सांस्कृतिक एकीकरण र आपसी समझदारीलाई प्रवर्द्धन गर्ने बलको प्रयासको बताइएको छ। एसएसबीले सबैलाई लोहडीको शुभकामना व्यक्त गर्दै सबैमा खुशी, शान्ति र समृद्धिको कामना गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande