मणिपुरमा संयुक्त अभियान: उग्रवादी पक्राउ, मादक पदार्थ जफत
मणिपुरमा संयुक्त अभियान: उग्रवादी पक्राउ, मादक पदार्थ जफत


इम्फाल, 19 जनवरी (हि.स.)। मणिपुर पुलिसले संयुक्त सुरक्षा बलहरूसित पछिल्लो 24 घण्टाको अवधिमा राज्यका विभिन्न भागहरूमा केही सफल अभियान संचालन गऱ्यो।यी अभियानहरूमा उग्रवादी संगठनहरूका सक्रिय क्याडर, बलजफ्ती असुली गर्ने एकजना अपराधीलाई पक्राउ गरियो भने चोेरेको वाहन र भारी मात्रामा मादक पदार्थलाई पनि जफत गरियो।

इम्फाल इस्ट जिल्लाको लामलाई थाना अन्तर्गत योराबुंग खुनौ वार्ड-4 बाट सुरक्षा बलहरूले संयुक्त राष्ट्रिय मुक्ति मोर्चा (यूएनएलएफ)- का एक जना क्याडर अनि बलजफ्ती असुलीमा सामेल निंगथौजम सनाथोई सिंह (26)-लाई निजी आवासबाट पक्राउ गरे। आरोपीबाट एउटा मोबाइल फोन पनि जफत गरियो।

यसबीच तेंगनौपाल जिल्लाको माची थाना क्षेत्रको तुइसेन गाउँबाट मणिपुर पुलिसले दुई वटा चोरेको वाहन जफत गऱ्यो जसमा एउटा रोयल इनफिल्ड इन्टरसेप्टर 650 (एमएन01एआर-8324) र अर्को पञ्जीकरण नम्बर बिनाको होण्डा एक्टिभा स्कुटर सामेल छन्। पुलिस अनुसार दुवै वाहनलाई अज्ञात मानिसहरूले त्यहाँ राखेका थिए। मामिलाको जाँच भइरहेको छ।

थौबल जिल्लामा भएको अर्को कारबाहीमा सुरक्षा बलहरूले संगैयुम्फम नुंगपौ मथक लेइकाई निवासी मोहम्मद रियाश खान (31)-लाई उसको घरबाटै पक्राउ गऱ्यो। उसको कब्जाबाट डेलस्टाल र बेरीकफ नामक कफ सिरपका केही बोतलहरू, नाइट्राजेपाम ट्याबलेट, एउटा मोबाइल फोन र केही दस्तावेज जफत गरियो।

इम्फाल इस्ट जिल्लामै संचालित एक भिन्नै अभियानमा केसीपी (नोयोन) संगठनका क्याडर पुथेम इतोन मैतेई उपनाम टोम्बा (33)-लाई इरिलबुंग थाना क्षेत्रको केइराओ वांगखेम मानिंग लेइकाईबाट पक्राउ गरियो भने उबाट एउटा मोबाइल फोन जफत गरियो। यस अतिरिक्त इम्फाल वेस्ट जिल्लाको मायंग इम्फाल थाना क्षेत्र अन्तर्गत बेंगून लौकोक मयाई लेइकाईबाट खुलाकपम अयाजुद्दीन (41)-लाई पक्राउ गरियो जसको कब्जाबाट 6 वटा साबुनदानीमा राखिएको हेरोइनको प्याकेट जफत गरियो जसको वजन 283.2 ग्राम रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande