कोलकाताको मौसम सफा, तापमान बढ़्ने संकेत
कोलकाताको मौसम सफा, तापमान बढ़्ने संकेत


कोलकाता, 19 जनवरी (हि.स.)। मौसम विभाग अनुसार आगामी 24 घण्टामा कोलकाताको आकाश मुख्यतः सफा रहने सम्भावना छ। बिहान हल्का कुहिरो एवं धमिलोपन रहनसक्छ। सोमवार बिहान जारी स्थानीय पूर्वानुमान मुताविक अधिकतम तापमान लगभग 25 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 14 डिग्री सेल्सियस रहनेछ।

गए आइतवार बिहान 8:30 बजीदेखि सोमवार बिहान 6:30 बजीसम्म शहरमा कुनै पनि प्रकारको वर्षा दर्ता गरिएन। अधिकतम तापमान 25.2 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 0.7 डिग्री कम हो जबकि न्यूनतम तापमान 13.4 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 1.1 डिग्री कम रह्यो। आद्रताको स्तर अधिकतम 93 प्रतिशत र न्यूनतम 48 प्रतिशत रह्यो।

मौसम विभागले यो पनि संकेत दिएको छ, आगामी दिनमा रातको तापमान बढ़्नेछ। पूर्वानुमान अनुसार आगामी बुधवारसम्म न्यूनतम तापमान लगभग 3-4 डग्री सेल्सियससम्म बढ़्नसक्छ। विभागको भनाइ छ, आगामी 23 जनवरी, सरस्वती पूजादेखि नै दिउँसो हल्का गर्मी अनुभूति हुन थाल्नेछ भने 26 जनवरीपछि राती र भोर बिहान जाड़ोको प्रभाव केही हदसम्म घट्नेछ।

तथापि हाल दक्षिण बंगालका केही जिल्लाहरूमा घना कुहिरोको चेताउनी जारी गरिएको छ। सोमवार बीरभूम, मुर्शिदाबाद, नदिया औ पश्चिम बर्धमान जिल्लामा घना कुहिरो लाग्ने चेतावनी दिइएको छ। यस अतिरिक्त बीरभूम, मुर्शिदाबाद, नदिया, पूर्व र पश्चिम बर्धमान, हुगली तथा उत्तर 24 परगना जिल्लामा बिहान छुटपुट रूपमा घना कुहिरो लाग्ने सम्भावना छ।

उत्तर बंगालमा पनि दार्जीलिङ, जलपाईगुड़ी, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर औ मालदा जिल्लामा आगामी बुधवारसम्म घना कुहिरोको अलर्ट जारी गरिएको छ। मौसम विभागले कम दृश्यताको कारणले आम मानिसहरूलाई सतर्क रहने सल्लाह दिएको छ।

मौसम वैज्ञानिकहरू अनुसार माघ महिनामा मौसममा यस्तो बद्लाउको मुख्य कारण पश्चिमी विक्षोभ हो जसको प्रभावबाट तापमानमा उतार-चढ़ाउ तथा कुहिरो लागिरहेकै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande