
नयाँ दिल्ली, 19 जनवरी (हि.स.)। चेतना एवं एसआर चेरिटेबल ट्रस्टको संयुक्त तत्वावधानमा आयोजित लाला सीताराम गोयल स्मृति सेमिनार–75.0 को आज रोहिणीस्थित एक होटलमा समापन गरियो। यो सेमिनार राष्ट्रिय स्वयंसेवक संघको 100 वर्षको ऐतिहासिक यात्राप्रति समर्पित रह्यो
यस वैचारिक एवं राष्ट्र चिन्तनात्मक सेमिनारमा देशका प्रमुख सन्तगण, विचारकहरू, सामाजिक चिन्तकगण, विद्वान तथा सार्वजनिक जीवनसित जोड़िएका प्रतिष्ठित वक्ताहरूले संघको शताब्दि यात्राका विभिन्न सामाजिक, सांस्कृतिक एवं राष्ट्रनिर्माणसि सम्बन्धित आयामहरूमाथि गहन विमर्श प्रस्तुत गरे। अध्यक्ष राजेश चेतनले सबैप्रति आभार व्यक्त गर्दै भने, यो सेमिनार वैचारिक सम्वादको मञ्च मात्र होइन, राष्ट्रचेतना, सांस्कृतिक आत्मबोध औ सनातन मूल्यहरूलाई समाजसित जोड़्ने एक दिगो साधना पनि हो। सेमिनारमा यो पनि रेखांकित गरियो, संघले आफ्ना मूल विचारहरू अनुरूप समाजको प्रत्येक वर्गलाई साथमा लिएर राष्ट्रनिर्माणको प्रक्रियालाई निरन्तर दिशा अनि गति प्रदान गरेको छ।
सेमिनारमा स्वामी चिदानन्द सरस्वती, संघ उत्तर क्षेत्रका निवर्तमान संघचालक डा. बजरंग लाल गुप्ता, भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ रणनीतिकार सुनिल विश्वनाथ देवधर, वरिष्ठ प्रचारक गोपाल आर्य, पद्मश्री मालिनी अवस्थी, उच्चतम न्यायालयका वरिष्ठ अधिवक्ता अश्वनी उपाध्याय, दिल्ली प्रान्त कार्यवाह सीए अनिल गुप्ता, वरिष्ठ सर्जन डा. कौशल कान्त मिश्रा, विश्व हिन्दू परिषदका राष्ट्रिय प्रवक्ता विजय शंकर तिवारी, एकल अभियानपबाट राजेश गोयल, सेवानिवृत्त आईपीएस जितेन्द्र गोयल, प्रोफेसर दीप्ति धर्माणी तथा राष्ट्रिय कवि संगमबाट जगदीश मित्तकोे विशेष सहभागिता रहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा