असम पुलिस भर्तीमा आयु सीमा एक वर्ष बढ़्यो: मुख्यमन्त्री
असम पुलिस भर्तीमा आयु सीमा एक वर्ष बढ़्यो: मुख्यमन्त्री


गुवाहाटी, 18 जनवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असम पुलिस भर्तीमा आयु सीमा बढ़ाउने घोषणा गरे। अब पुलिस भर्तीको लागि अधिकतम् आयु सीमा 25 वर्षको सट्टा 26 वर्ष निर्धारण गरिएको छ।

मुख्यमन्त्रीले बताए, असम डाइरेक्ट रिक्रुटमेन्ट एग्जामिनेशन (एडीआरई)- को माध्यमबाट नियुक्त कर्मचारीहरूको स्थानान्तरणलाई लिएर चाँड़ै ‘स्वागत सतिर्थ’ पोर्टल शुरू गरिनेछ। यसको साछै दिव्यांग उम्मेद्वारहरूको मागलाई ध्यानमा राखेर भर्ती प्रक्रियामा दोस्रो पटक मेडिकल जाँचको सुविधा दिने पनि घोषणा गरियो।

उनले यो पनि भने, प्रादेशिकीकरण (प्रोभिन्शियलाइजेशन)- को प्रक्रियाको लागि एउटा भिन्नै पोर्टललाई चाँड़ै लञ्च गरिनेछ जसबाट सम्बन्धित कार्यहरूमा पारदर्शिता तथा गति आउनेछ। यी सबै घोषणाहरू मुख्यमन्त्रीले फेसबुक लाइभको माध्यमबाट गरेका हुन्।

राज्यको सांस्कृतिक पहिचानमाथि बोल्दै मुख्यमन्त्रीले भने, चीनमा आयोजित ओलम्पिकको उद्घाटन समारोहमा प्रस्तुत भव्यतासित असमको बागरूम्बा नृत्यको देशभरि नै तुलना गरिँदैछ। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले बागरूम्बा नृत्यलाई वैश्विक मञ्चसम्म पुऱ्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले असमको सांस्कृतिक एम्बेसडरले जस्तै कार्य गरिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande