एसआईआर आवश्यक, तर प्रक्रिया अव्यवस्थित औ अस्पष्ट छ : चन्द्र कुमार बोस
एसआईआर आवश्यक, तर प्रक्रिया अव्यवस्थित औ अस्पष्ट छ : चन्द्र कुमार बोस


कोलकाता, 19 जनवरी (हि.स.)। नेताजी सुभाष चन्द्र बोसका नाति चन्द्र कुमार बोसले पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) -लाई आवश्यक बताउँदै सोमवार भने, यो प्रक्रिया सही ढंगमा संचालन भइरहेको छैन। उनले आरोप लगाए, विशेष गहन पुनरीक्षणको नाममा आम मानिसहरूलाई हैरान पारिरहेको छ। सम्पूर्ण प्रक्रियामा स्पष्टताको अभाव छ।

पश्चिम बंगालमा एसआईआरको सुनवाईमा सामेल भएका चन्द्र कुमार बोसले यसलाई “सोझै रूपमा धी उत्पीड़न”-को संज्ञा दिँदै भने, तथापि मतदाता सूचीको पुनरीक्षण आवश्यक छ, तर जुन हतार र जुन ढंगमा गरिँदैछ त्यसबाट मानिसहरूमा भ्रम तथा असन्तोष फैलिरहेको छ।

चन्द्र कुमार बोस जसले वर्ष 2016- को विधानसभा चुनाउ र वर्ष 2019- को लोकसभा चुनाउमा भारतीय जनता पार्टी (भाजपा) -को टिकटमा चुनाउ लड़िसकेका छन्,-ले बताए, गत 16 जनवरीमा उनी आफ्नी पत्नी र छोरीसित सुनवाईमा सामेल भएका थिए। उनका दुवै छोरा विदेशमा रहेका कारणले स्वयं उपस्थित हुन नसकेपछि उनीहरूले आफ्ना माता-पितालाई आफ्नो पक्षबाट पेश हुनको लागि अधिकृत गरेका थिए।

उनले भने, उनले र उनको परिवारका सदस्यहरूले गणना प्रपत्र सहित सबै आवश्यक तथा वैध दस्तावेज जमा गरेका थिए तथापि उनीहरूलाई सनवाईको लागि बोलाइयो। बोस अनुसार चुनाउ अधिकारीहरूले दस्तावेजहरूको आपसी लिंकमा समस्या भएको बताए जुन उनीहरूको लागि अचम्भित पार्ने थियो।

चन्द्र कुमार बोसले आरोप लगाए, सम्पूर्ण प्रक्रियामा कुनै स्पष्ट दिशा देखिँदैन। पहिला यो भनियो, उनको नाम वर्ष 2002 को मतदाता सूचीमा छैनस पछि त्यै नाम सूचीमा भेटियो। त्यसपछि सबै दस्तावेज जमा गरे पनि लिंकमा तकनिकी कमजोरी भएको बताइयो।

उनले प्रश्न उठाए, यदि यो तकनिकी समस्या हो भने यसको जिम्मेवारी कसको हुन्छ? बोसले भने, उनले यस कुराको सिकायत गरिरहेका छैनन् क सुनवाईको लागि उनलाई बोलाइयो, तर आपत्ति यस कुरामाथि हो, एसआईआरको सम्पूर्ण प्रक्रिया अव्यवस्थि र अस्पष्ट छ जसबाट आम मतदाताहरूलाई अनावश्यकक रूपमा समस्याहरूको सामना गर्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande