जङ्गुले लेप्चा समुदायको समृद्ध सांस्कृतिक धरोहर जोगाउँदै आएको छ: राज कुमार नामग्याल
Prince namgyal


मङ्गन, 19 जनवरी (हि.स.)। लोअर जङ्गुस्थित लुममा सोसा कुर्तोत उत्सव समितिद्वारा आयोजना गरिएको सोसा कुर्तोत कटाई महोत्सव आज सम्पन्न भएको छ।

समापन कार्यक्रममा सिक्किमका राजकुमार पाल्देन ग्युर्मेद नामग्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने राज कुमारी होप लीजुम नामग्याल तोब्देनको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राज कुमार नामग्यालले यस्ता पर्वहरूले संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताए। क्षेत्रको सांस्कृतिक महत्वलाई उल्लेख गर्दै उनले मायल याङ शरीरको प्रतीक हो भने जङ्गु हृदयको प्रतीक रहेको उल्लेख गरे। उनले लेप्चा समुदायको समृद्ध सांस्कृतिक धरोहर जङ्गुले सफलतापूर्वक जोगाउँदै आएको बताए।

उनले यस अवसरमा “द ओथ” नामक वृत्तचित्रबारे जानकारी दिँदै उक्त फिल्म निर्माण सम्पन्न भइसकेको र यसको ट्रेलर सार्वजनिक भइसकेको पनि जानकारी गराए।

कार्यक्रममा परम्परागत खेलकुद प्रतियोगिताहरू आयोजना गरिनुका साथै क्षेत्रको जीवन्त संस्कृतिलाई उजागर गर्ने सांस्कृतिक प्रस्तुतीकरणहरू पनि प्रस्तुत गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande