
कोलकाता, 19 जनवरी (हि.स.)। पश्चिम बंगालमा भइरहेको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) अवधि व्यापक गड़बड़ी भएको थाहा लागेपछि भारतीय निर्वाचन आयोग (ईसीआई)-ले स्थिति स्पष्ट पारेको छ। आयोगले बतायो, राज्यमा ठूलो संख्यामा यस्तो मामिलाहरू पाइएको छ जसमा मतदाताहरूको पारिवारिक विवरणमा गम्भीर असंगति छ।
निर्वाचन आयोगले बतायो, विशेष गहन पुनरीक्षण (एसआईआर) अवधि पश्चिम बंगालमा लगभग 94 लाख मामिलालाई ‘तार्किक विसंगति’-को रूपमा चिन्हित गरिएको छ। यो गड़बड़ी वंशावली मिलान प्रक्रिया अवधि सामु आएको हो जतिबेला मतदाता सूचीमा अविश्वसनीय पारिवारिक सम्बन्ध दर्ता रहेको पाइयो।
मतदाता सूचीको मसौदामा दाबी तथा आपत्ति दर्ता गराउने अन्तिम तिथि सोमवार हो। सुनवाईको प्रक्रिया आगामी 7 फरवरीसम्म चल्नेछ भने अन्तिम मतदाता सूची आगामी 14 फरवरीमा जारी गरिनेछ। त्यसपछि पश्चिम बंगाल विधानसभा चुनाउको मिति घोषणा गरिनेछ।
पश्चिम बंगालको मुख्य निर्वाचन अधिकारी कार्यालय अनुसार कतिपय मामिलाहरूमा जाली मतदाताहरूले असली मतदाताहरूसित झुटो सम्बन्ध बनाउने चेष्टा गरेका छन्। ,
एकजना अधिकारीले बताए, केही वरिष्ठ नागरिक मतदाताहरूलाई 8-10 जनाको माता वा पिता देखाइएको छ जबकि जाँच गर्दा वास्तवमा उनीहरूको दुईजना मात्र सन्तान छन् र सूचीमा दर्ता अन्य मानिसहरूसित उनीहरूको कुनै रगतको सम्बन्ध छैन।
अर्को मामिलामा 64 वर्षीय मतदाताको 60 र 59 वर्षका दुईजना व्यक्तिलाई पिताको रूपमा दर्शाइएको थियो। अधिकारी अनुसार यसको अर्थ यो हुन्छ कि सम्बन्धित व्यक्ति पाँच वर्षको उमेरेमै पिता भएका थिए जुन सम्भव छैन। पछि जाँचमा दुवै मामिला फर्जी पाइयो।
निर्वाचन आयोगको मान्यतामा सुनवाईको लागि मतदाताहरू विशेष गरी वरिष्ठ नागरिकहरूलाई बोलाइएकोमा केही राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। तथापि आयोगले स्पष्ट रूपमा भन्यो, यसप्रकारको गड़बड़ीलाई बेवास्ता गर्न सकिँदैन।
आयोगको भनाइ छ, उसको उद्देश्य यो सुनिश्चित गर्नु हो कि कुनै पनि वास्तविक मतदाता सूचीदेखि नबाहिरियोस् न कुनै जाली मतदाताको नाम सूचीमा दर्ता होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा