हरिनामको गुञ्जनबाट भक्तिमय भयो ज्योति–विष्णु समन्वय क्षेत्र
हरिनामको गुञ्जनबाट भक्तिमय भयो ज्योति–विष्णु समन्वय क्षेत्र


शोणितपुर (असम), 19 जनवरी (हि.स.)। जामुगुरीहाटस्थित ज्योति–विष्णु समन्वय क्षेत्र अहिलेघरि हरिनामको ध्वनिले गुञ्जिरहेको छ। यहाँ श्रीमन्त शंकरदेव संघको 95औं अधिवेशनलाई लिएर द्रूत गतिमा तयारी भइरहेको छ।

यो भव्य धार्मिक एवं सांस्कृतिक अधिवेशन आगामी 6 फरवरीदेखि ज्योति–विष्णु समन्वय क्षेत्रमा आयोजना हुनेछ। अधिवेशनलाई लिएर स्थलमा उत्सव जस्तै वातावरण सृजना भएको छ। चारैतिर भक्ति एवं आध्यात्मिकताको अनुभूति भइरहेको छ।

स्वयंसेवक तथा श्रद्धालुहरू विभिन्न व्यवस्थाहरूमा जुटेका छन् भने अर्कोतिर निरन्तर भिरहेको हरिनाम संकीर्तनबाट सम्पूर्ण क्षेत्र भक्तिरसमा डुबेको छ। यस अधिवेशनमा राज्यका विभिन्न भागहरूबाट हजारौं श्रद्धालुहरू सामेल हुने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande